२०८१ बैशाख १६, आईतबार    

नगर समन्वय समितिको अध्यक्षमा पुनः अधिकारी

२०७९ भाद्र ५, आईतबार १४:४८ बजे

हेटौंडा उपमहानगरपालिका टोल विकास संस्था नगर समन्वय समितिको अध्यक्षमा पुनः ध्रुव प्रसाद अधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ । शनिबार भएको समितिको तेस्रो साधारणसभा तथा अधिवेशनबाट अधिकारी पुनः अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

अधिवेशनबाट अधिकारीको अध्यक्षतामा ४५ सदस्यीय समिति निर्वाचित भएका छन् । बाँकी ६ जना सदस्य भने मनोनित हुने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । समितिको उपाध्यक्षहरुमा विष्णु प्रसाद ढुंगाना, शान्ति श्रेष्ठ, सति खड्का न्यौपाने, गंगा प्रसाद पौडेल, बेगम बराल चयन भएका छन् ।

यस्तै, महासचिवमा शिवहरि दाहाल, उपमहासचिवमा देव कुमार श्रेष्ठ, सचिवहरुमा पुण्यवती घिमिरे, सुशिला मल्ल, राजेन्द्र चौलागाई, हर्क राना लामा, चन्द्रावती पनेरु, कोषाध्यक्षमा गिता मैनाली र सहकोषाध्यक्षमा विरोध मुक्तान निर्वाचित भएका छन् । निर्वाचित कार्यसमितिको कार्यकाल ४ वर्षको रहनेछ ।