२०८१ बैशाख २२, शनिबार    

नागस्वतीमा वनदेवी राधाकृष्ण मन्दिर उद्घाटन

२०८० माघ २७, शनिबार २०:१५ बजे

हेटौंडा–७, नागस्वतीमा प्राण प्रतिष्ठा गरिएको वनदेवी राधाकृष्ण मन्दिर भक्तजनहरुका लागि खुल्ला गरिएको छ ।

वनदेवी राधाकृष्ण मन्दिर निर्माण समितिले मूल समारोह समितिले नवनिर्मित मन्दिर शनिबार हस्तान्तरण गरेसँगै झक्तजनका लागि खुल्ला गरिएको हो । स्थानीय दलबहादुर खड्काको व्यत्तिगत एककरोड ५१ लाख रुपैयाँ लगानीमा निर्माण गरिएको मन्दिरको साँचो मन्दिर मूल समारोह समिति अध्यक्ष हरिहर ढकाललाई हस्तान्तरण गरिएको थियो ।

भवन निर्माण समिति संयोजक हरिहर ढकालको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । मन्दिरको उद्घाटन प्रदीपकुमाररुंगटाले गरेका थिए । मन्दिर उद्घाटन समारोहमा करिब दुई हजार जना स्थानीयको सहभागिता रहेको थियो ।