२०८१ जेठ ४, शुक्रबार    

जनप्रतिनिधि नभएको मौकामा हेटौंडामा आफूखुशी शिक्षक सरुवा

२०७९ जेठ ३०, सोमबार १०:३७ बजे

हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालले आफूखुशी शिक्षक सरुवा गरेको खुलेको छ ।

उनले नगर प्रमुख मीना लामा र उपप्रमुख राजेश बानिया“ निर्वाचित भएकै दिन उनीहरुलाई पूर्णरुपमा वेवास्ता गर्दै शिक्षक सरुवा गरेका हुन् । उनले हेटौंडा–१० को ज्ञानदा माविमा रिक्त रहेको शिक्षक पदमा नगर प्रमुख र उपप्रमुखलाई पूर्णरुपमा वेवास्ता गर्दै महेन्द्र ज्योति मावि हा“डीखोला–३ को रीता रिजालाई सरुवा गरेका हुन् । उनले जेठ १० गते जनप्रतिनिधि नभएको मौका छोपेर यस्तो गतिविधि गरेको खुलेको हो । उनले जनप्रतिनिधिको सिफारिसमा हुने सरुवालाई स्थानीय निर्वाचन आचारसंहिता हटेकै दिन निर्वाचनको अन्तिम मत परिणाम नआउ“दै यस्तो निर्णय गरेका हुन् ।

‘जनप्रतिनिधिले गरेको निर्णयको आधारमा सरुवा हुनुपर्ने हो । त्यो समयमा उहा“हरुलाई भिडभाडका कारण भेट्न सकिएन ।’, उनले गल्ती सच्याउन नमिल्नेभन्दै आगामी दिनमा हुने सरुवा नियमानुसार गर्ने बताए । ‘गल्ति भएका हुन सक्छ । अबदेखि हु“दैन । यस विषयमा म छलफल गर्छु ।’, उनले भने ।