२०८१ बैशाख १५, शनिबार    

शनिबार हेटौंडामा ‘ओ पेङदोर्जे’ वाचन हुने

२०८० असार १९, मंगलबार १७:५८ बजे

सञ्चाकर्मी तथा कवि राजु स्याङ्तानको ‘ओ पेङदोर्जे’ कविता संग्रह शनिबार हेटौंडामा वाचन हुने भएको छ ।

नेपाल तामाङ घेदुङ वाग्मती प्रदेश तथा जिल्ला समितिको आयोजनामा तराईका विभिन्न जिल्लामा कविता संग्रहमाथिको छलफल र वाचनपश्चात् हेटौंडामा असार २३ गते शनिबार हुने भएको हो ।

मंगलबार आयोजकले हेटौंडामा पक्रकार सम्मेलन आयोजना गर्दै कार्यत्रमको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

‘कार्यक्रम दुईचरणमा हुनेछ । पहिलो चरणमा कविता संग्रहमाथि चर्चा हुनेछ । दोस्रो चरणमा कविता वाचन गर्ने गरी तयारी भइरहेको छ ।’, घेदुङ प्रदेश अध्यक्ष लिलाकुमार घलानले कविता सांगीतिक शैलीमा वाचन हुने जानकारी दिए ।