२०८१ जेठ ५, शनिबार    

पत्रकारसहित ११ जनालाई अभद्र व्यवहारमा मुद्दा

२०७८ चैत्र २, बुधबार १३:४१ बजे

सुन्दरहरैंचा ३ गणेशपुरकी १८ महिने नावबलीगलाई बलत्कार गरि हत्या गरेको घटनाको विरोधमा आन्दोलनको भिडियो खिचिरहेकी एक पत्रकारसहित ११ जनालाई प्रहरीले अभद्र व्यवहारमा मुद्दा चलाउने भएको छ ।

उर्लाबारीबाट सञ्चालित पूर्वी कमाण्ड डटकम अनलाइनकी पत्रकार सम्झना राईसहित स्थानीय आन्दोलनकारीलाई इलाका प्रहरी बेलबारीले मंगलबार साँझ गछियाचोकबाट पक्राउ गरेको हो । राईले हण्डरेड प्लस न्युज युटुब पनि सञ्चालन गर्दै आएकी हुन् ।

उनीहरूमाथि अभद्रव्यवहार मुद्दा चलाउने तयारी गरिएको जिल्ला प्रहरी मोरङका डिएसपी मञ्जिल मुकारूङ्ले बताए ।

उनले पक्राउ परेकामध्ये तीन जना युटुबर रहेको र तीमध्ये पत्रकार भएको जानकारी नभएको बताए । आन्दोलन गरी सडक जाम गरेकाले मुद्दा चलाउने तयारी गरिएको मुकारूङले जानकारी दिए ।