२०८१ बैशाख ६, बिहीबार    

अशोक बरालले प्राप्त गरे बुलेट बाइक

२०७९ जेठ ३०, सोमबार १९:१८ बजे

मकवानपुर गोल्डकप प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै विजय युथ क्लब हेटौंडाका कप्तान तथा गोलरक्षक अशोक बरालले बुलेट मोटरसाइकल प्राप्त गरेका छन् ।

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई हेटौंडा स्कुल अफ म्यानेजमेन्टले प्रायोजन गरेको करिब ६ लाख रुपैयाँको मोटरसाइकल बरालले हात पारेका हुन् । उनी युथ–२३ का पूर्वराष्ट्रिय खेलाडी हुन् भने मनाङ मस्र्याङ्दी क्लबबाट व्यवसायीक फुटबल खेल्छन् ।

प्रतियोगिताको व्यक्तिगत विधाका उत्कृष्ट खेलाडी र प्रशिक्षकतर्फको सवै पुरस्कार आर्मीले प्राप्त गरेको छ । आर्मीका गोलरक्षक विकेश कुथु, डिफेन्डर विमल पाण्डे, मिडफिल्डर विवेक बस्नेत, फरवार्ड दिनेश हेन्जन र प्रशिक्षक नवीन न्यौपाने घोषित भए ।

उनीहरुले जनही २५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको विजेता र उपविजेता खेलाडी तथा प्रशिक्षकलाई नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पुरस्कार वितरण गरेका थिए ।