२०८१ बैशाख ८, शनिबार    

कुखुरा व्यवसायी फुटसल च्याम्पियन

२०७९ कार्तिक ५, शनिबार १२:४५ बजे

कुखुरा व्यवसायी संघ मकवानपुर जिल्लास्तरीय वस्तुगततर्फ फुटसल प्रतियोगिता च्याम्पियन भएको छ । शनिबार डिलर एसोसिएसनको आयोजनामा भएको प्रतियोगितामा आयोजकलाई टाइब्रेकरमा पराजित गर्दै संघ च्याम्पियन भएको हो ।

फाइनल खेलको निर्धारित समय ४–४ गोलको बराबरीमा टुंगिएपछि खेलको नतीजाका लागि टाइब्रेकरको सहारा लिइएको थियो । टाइब्रेकरमा १–० गोलअन्तरले संघ विजयी भएको । विजयी संघले नगद ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता डिलरले नगद २० हजार, शिल्ड, मेडल र ट्रफीमा चित्त बुझायो ।

प्रतियोगिताको विजेता तथा उपविजेतालाई उद्योग बाणिज्य संघ मकवानपुर उपाध्यक्ष राजु अधिकारीले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा उद्योग बाणिज्य संघअन्तर्गत्का वस्तुगततर्फका विभिन्न संघहरुको सहभागिता रहेको थियो । डिलरका अध्यक्ष पवन अग्रवालको सभाध्यक्षता रहेको थियो ।