२०८१ जेठ ५, शनिबार    

फागुन २९ गतेलाई फेरि बोलाइयो प्रदेशसभाको वैठक

२०७८ फाल्गुन १८, बुधबार १७:३७ बजे

दुई महिनादेखि बस्न नसकेको वाग्मती प्रदेशसभाको वैठक पुन: आव्हान गरिएको छ ।

प्रदेशसभा सचिवालयले बुधबार दिउँसो सूचना टाँसेर फागुन २९ गते दिउँसो १ बजेका लागि प्रदेशसभाको वैठक आव्हान गरेको हो । यसअघि फागुन १६ गतेका लागि बोलाइएको वैठक प्रदेशसभा सचिवालयले अनिश्चितकालका लागि स्थगित गरेको थियो । वाग्मती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधसँगै पुस ८ गतेबाट प्रदेशसभाको वैठक स्थगित थियो ।

एमालेले सरकारसँग जवाफ माग्दै विभिन्न माग राखेर प्रदेशसभामा अवरोध सिर्जना गरिरहेको छ ।