२०८१ बैशाख २०, बिहीबार    

मकवानपुर कांग्रेसमा संस्थापन पक्ष तितरवितर

२०७८ फाल्गुन १, आईतबार १०:५८ बजे

हेटौंडा/ नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत् मकवानपुरको जिल्लाको अधिवेशन फागुन १३ गतेहुँदैछ ।

मकवानपुर जिल्लामा पछिल्लो समय संस्थापन पक्ष अर्थात प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पक्ष हावी रहेको छ । अधिवेशन नजिकिँदै जाँदा संस्थापन पक्षबाट तीनजनाले सभापति पदमा आकांक्षा देखाएका छन् । जसको कारणले गर्दा मकवानपुरमा कांग्रेसको संस्थापन पक्ष तितरवितर हुने संकेत देखिएको छ ।

संस्थापन पक्षबाट हालसम्म पार्टी सचिव बुद्ध लामा, पूर्वसचिव आनन्दराम पराजुली तथा हालका कार्यबाहक सभापति विष्णु लामिछानेले सभापति पदमा दावी गरिरहेका छन् । लामिछानेले आफ्नो पक्षमा सर्वसम्मत जुट्ने दावी गरिरहेका छन् भने लामा र पराजुली प्रजातान्त्रिक प्रक्रियाबाट अगाडि बढेर निर्वाचन जान पूर्णरुपमा तयार भएको देखिन्छ ।

कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना र वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ देउवा गुटकै हुन् । संस्थापन पक्षबाटै तीजनाले आकांक्ष देखाएपछि डीना र बानियाँले हालसम्म सभापतिको विषयमा मुख खोलिसकेका छैनन् ।

लामा र पराजुलीले लामो समयदेखि सम्पर्क कार्यालय खोलेर आफ्नो प्रचारप्रसारमा जुटिसकेका छन् । जिल्लामा कांग्रेसको प्रभाव बढ्दो अवस्थामा रहेका कारण नेतृत्वमा आफू पुग्नुपर्ने दावी उनीहरुको रहेको छ । महाधिवेशनमा संस्थापन इतरबाट जयराम लामिछानेले उम्मेदावरी घोषणा गरेका छन् । उनले सम्पर्क कार्यालय खोलिसकेका छन् ।