हेटौंडा उपमहानगरपालिकाले ४ जना बालश्रमिकको उद्दार गरेको छ ।
हेटौंडाका विभिन्न ठाउामा अनुगमन गरी बालश्रममा रहेका ४ जना बालकहरुलाई उद्दार गरिएको हो । उनीहरुको नगर बाल अधिकार समितिअन्तर्गत्को बालश्रमिक उद्धार तथा पुनर्स्थापना उपसमितिद्वारा उद्दार गरिएको हो । होटल, खाजा घर, वर्कशपलगायत विभिन्न ११ ठाउँमा अनुगमन गरिएकोमा आर एण्ड आर ट्रेडर्स, न्यु आशिका मेकानिकल वर्कसप, विश्वकर्मा वर्कसप र न्यु विश्वकर्मा मोटर वर्कसपमा बालश्रमिक भेटिएपछी उनीहरुको उद्दार गरिएको हो ।
गण्डक सानो बहुआरी, वीरगञ्ज घर भइ ग्यारेजमा विनातलव कार्यरत् १३ वर्षीय रियाज अन्सारी मोतिहारी, भारत घर भई वर्कसपमा विना तलव कार्यरत् १५ वर्षीय रुपेश कुमार, जगनाथपुर, पर्सा घर भई वर्कसपमा बिना तलव कार्यरत् १५ वर्षीय आयुव मिया, कुवाडी, बहुदरमाई, पर्सा घर भई वर्कसपमा बिना तलव कार्यरत १४ वर्षिय आरी फहवारी, पूर्वीचम्पारण र बिहार घर भई वर्कसपमा बिना तलव कार्यरत १५ वर्षिय कमोद कुमार प्रजापतीको उद्धार गरिएको हो ।
उद्धार गरिएका बालकहरुलाई सिबिन बाल हेल्पलाईनमा राखी श्रम तथा रोजगार कार्यालयमार्फत जरिवाना गराएर पारिवारिक पुनर्स्थापना गराइने बताइएको छ ।