२०८१ बैशाख २४, सोमबार    

मेयर लामा नगरपालिका संघ केन्द्रीय सहकोषाध्यक्षमा चयन

२०७९ पौष ६, बुधबार १७:०८ बजे

नेपाल नगरपालिका संघको केन्द्रीय सहकोषाध्यक्षमा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा चयन भएकी छन् ।

काठमाडौं सम्पन्न भएको संघको ८ औं राष्ट्रिय अधिवेशनबाट लामा सर्वसम्मतरुपमा चयन भएकी हुन् । वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट हेटौंडाकै पहिलो महिला मेयरमा निर्वाचित भएकी लामाले संघ र स्थानीय सरकारवीचमा रहेको समन्वयको अभाव हटाउन आफूले काम गर्ने बताइन् ।

‘संघ, प्रदेश र स्थानीय सरकारवीच धेरै विषयमा समन्वयको अभाव रहेको छ । हाम्रो कार्यकालमा यस विषयको समाधान गर्ने प्रयत्न गर्नेछौं ।’, उनले वित्तिय संघीयतालाई पूर्णरुपमा कार्यान्वयनमा ल्याउन आफ्नो तर्फबाट सक्दो योगदान गर्ने समेत बताइन् ।