२०८१ बैशाख ८, शनिबार    

विश्वकपकाे सेमिफाइनल समिकरण पूरा

२०७९ मंसिर २५, आईतबार १२:१५ बजे

फिफा विश्वकप कतार २०२२ काे सेमिफाइनल समिकरण पूरा भएकाे छ । शनिबार राति साविककाे विजेता फ्रान्सकाे जितसँगै सेमिफाइनलमा पुग्ने सबै चारमा टाेलीकाे टुंगाे लागेकाे हाे ।

पहिलाे क्वाटरफाइनलमा क्राेएसियाले ब्राजिललाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै लगातार दाेस्राे सस्करणमा पनि सेमिफाइनलमा पुग्न सफल भयाे । निर्धारित समयमा गाेलरहित बराबरी र त्यसपछि अतिरिक्त समयमा १–१ गाेलकाे बराबरीपछि खेल पेनाल्टीमा लम्बिदा साविककाे उपविजेता क्राेएसियाले बाजी मार्याे ।

दाेस्राे क्वाटरफाइनलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै ८ वर्षपछि सेमिफाइनलमा पुग्न सफल भयाे । निर्धारित समयमा २–२ गाेलकाे बराबरी र अतिरिक्त समयमा थप गाेल निस्कन नसकेपछि खेल पेनाल्टीमा लम्बिदा अर्जेन्टिनाले जित निकाल्न सफल भयाे ।

तेस्राे क्वाटरफाइनलमा माेरक्काेले पाेर्चुगललाई १–० ले स्तब्ध पार्दै पहिलाेपटक सेमिफाइनलमा पुग्न सफल भयाे । यस्तै माेरक्काे सेमिफाइनलमा पुग्ने पहिलाे अफ्रिकी राष्ट्र बनेकाे छ । माेरक्काेकाे जितमा युसुफ एन न्यासरीले पहिलाे हाफमा गरेकाे गाेल नै निर्णायक बन्याे ।

चाैथाे क्वाटरफाइनलमा साविक विजेता फ्रान्सले इंग्ल्यान्डलाई २–१ ले पराजित गरी यस विश्वकपकाे सेमिफाइनलमा पुग्ने चाैथाे तथा अन्तिम टाेली बनेकाे छ । फ्रान्सकाे जितमा ओरेलिएन चुआमेनी र ओलिभर जिरुडले गाेल गरे । इंग्ल्यान्डका कप्तान ह्यारी केनले पेनाल्टीमा एक गाेल गर्दा अर्काे पेनाल्टीमा गाेल गर्न सकेनन् ।

अब सेमिफाइनलमा क्राेएसिया र अर्जेन्टिना तथा माेरक्काे र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । क्राेएसिया र अर्जेन्टिनाबीचकाे खेल मंसिर २७ गते मंगलरबार राति १२:४५ बजे तथा माेरक्काे र फ्रान्सबीचकाे खेल मंसिर २८ गते बुधबार राति १२:४५ बजेपछि हुनेछ ।

पुस २ गते शनिबार राति ८:४५ बजे तेस्राे स्थानकाे लागि तथा पुस ३ गते आइतबार राति ८:४५ बजे उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।