२०८१ बैशाख १३, बिहीबार    

आईपीएलको १६औं संस्करण आजदेखि

२०७९ चैत्र १७, शुक्रबार ०७:२६ बजे

विश्वकै चर्चित र धेरै फलो गरिने क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल)को १६औं संस्करण आजदेखि सुरु हुँदैछ ।

कोभिड १९ महामारीले गर्दा पछिल्ला केही संस्करण प्रभावित बन्दा सीमित भेन्युमा खेलाउनु परेको थियो । तर आईपीएलको नयाँ सिजन भने नयाँ फर्म्याटसँगै होम एण्ड अवे प्रणालीमा फर्किएको छ । १६औं संस्करणको आईपीएलमा केही नयाँ प्रयोग समेत हुँदैछ ।

साविक विजेता गुजरात टाइटन्स र चेन्नाई सुपर किंग्सबीच हुने उदघाटन खेलसँगै आईपीएलको नयाँ रौनक सुरु हुँदैछ । यो खेल गुजरातको घरेलु मैदान अहमेदावादस्थित नरेन्द्र मोदी स्टेडियमा बेलुका ७ः४५ बजे सुरु हुनेछ । गत सिजन डेब्युमै उपाधि जितेको गुजरात अलराउण्ड हार्दिक पाण्डेको कप्तानीमा मैदान उत्रनेछ भने चेन्नाईको कप्तानी महेन्द्र सिंह धोनीले गर्नेछन् ।

यस खेलअघि उदघाटन समारोहमा गायक अरिजित सिंह र नायिका रश्मिका मान्डानाले प्रस्तुती दिनेछन् ।