२०८१ बैशाख २१, शुक्रबार    

मैत्रीपूर्ण फुटबल सम्पन्न

२०७९ माघ २५, बुधबार १८:४६ बजे

हेटौंडा उपमहानगरपालिकाको ५४ औं स्थापना दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगितामा महिला जनप्रतिनिधी र प्रशासनको टिम बिजयी भएको छ ।

५४ औं स्थापना दिवस अतिरिक्त क्रियाकलाप समितिले हेटौंडा–७ नागस्वती खेल मैदानमा गरेको प्रतियोगितामा जनप्रतिनिधितर्फ नगरप्रमुख मीनाकुमारी लामाले नेतृत्व गरेको टिम र प्रशासनमा प्रमुख कार्यकारी अधिकृत शिबराज चौलागाईंले नेतृत्व गरेको टिम बिजयी भएको हो ।

उपमहानगरका १९ वडामा निर्वाचिन भएका महिला सदस्य सम्मिलत टोलीले उपमहानगरको महिला तथा बालबालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेले नेतृत्व गरेको प्रशासन टोलीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

प्रतियोगिताको दोस्रो पुरुषतर्फको खेलमा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले नेतृत्व गरेको जनप्रतिनिधीको टोली प्रशासनसँग ७ –१ गोल अन्तरले पराजित भएको छ । मैत्रीपूर्ण खेलको उद्घाटन हेटौंडा उपमहानगरका प्रमुख मिनाकुमारी लामाले रेफ्री सुनिल लोप्चनलाई बल हस्तान्तरण गर्दै गरेकी थिइन् ।

अतिरिक्त समितिका संयोजक तथा हेटौंडा–१५ का अध्यक्ष सुनिल मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरका उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत शिबराज चौलागार्इं र नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीले मन्तव्य व्यक्त गरेका थिए ।