२०८१ जेठ ५, शनिबार    

खाली माइन्युटमै सहि गराएर टुंग्याइयो मकवानपुरमा महासमिति सदस्य

२०७८ फाल्गुन १९, बिहीबार १८:३८ बजे

हेटौंडा/ नेपाली कांग्रेस मकवानपुरले गुटगत भागबण्डामा महासमिति सदस्यको टुंगो लगाएको छ ।

जिल्लामा रहेको दुवै प्रतिनिधिसभा क्षेत्रबाट ११/११ जना गरी २२ जना नेताहरु महासमिति सदस्यमा चयन गरिएको हो । स्रोतका अनुसार कांग्रेस वाग्मती प्रदेशसभा सभापति इन्द्रबहादुर बानियाँको सक्रियतामा निर्णय नलेखी खाली माइन्युटमै सर्वसम्मतरुपमा भाडबण्डा गरी महाधिवेशन प्रतिनिधिमध्येबाट महासमिति सदस्य टुंग्याइएको हो ।

मकवानपुरको क्षेत्र नम्बर १ बाट महिलातर्फ उर्मिला पुलामी र पवित्रा विश्वकर्मा, खुलातर्फ ईन्द्रबहादुर बानियाँ, दिनेश उपाध्याय, प्रभातकुमार दाहाल, माइकल रामचन्द्र अर्याल र रघुरमण न्यौपाने महासमिति सदस्यमा चयन भएका छन् भने आदिवासी महिलातर्फ लक्ष्मी श्रेष्ठ तथा आदिवासी खुलातर्फ अशोकराज शाक्य र सुवातसिंह थिङ र खस आर्यतर्फ राधा कोइरालालाई चयन गरिएको छ ।

मकवानपुर क्षेत्र नम्बर २ बाट महिलातर्फ उमा दाहाल र शान्तिकुमारी विक, खुलातर्फ जयराम लामिछाने, टेकनाथ शिवाकोटी, बुद्ध लामा, भरत लामा र सन्तबहादुर प्रजा महासमिति सदस्यमा चयन भएका छन् । आदिवासी जनजाति महिलातर्फ निर्मला हिम्डुङ तथा आदिवासी खुलातर्फ चित्रबहादुर थापा र सूर्यबहादुर रुम्बा एवम् खसआर्यतर्फ राजेश भेटवाल महासमिति सदस्यमा चयन भएका छन् ।

गुटगतरुपमा भागबण्डा मिलाउँदा यसअघि महासमिति सदस्यमा चर्चा भएका केही नेताहरुले आफू नअटाएको भन्दै गुनासो गरेका छन् ।