२०८१ बैशाख २१, शुक्रबार    

४७ लाख रुपैयाँको अवैध सुनसहित हेटौंडाबाट एकजना पक्राउ

२०८० असार २८, बिहीबार १८:०१ बजे

मकवानपुर प्रहरीले अबैध सुनसहित तस्कारलाई नियन्त्रणमा लिने क्रममा बढेको छ ।

विहीबार विशेष सूचनाको आधारमा मकवानपुर प्रहरीले करिब ४७ लाख रुपैयाँ बराबरको अबैध सुनसहित एकजना नियन्त्रणमा लिएको छ । अघिल्लो हप्तापनि प्रहरीले सुनसहित तस्कारलाई पक्राउ गरकोे थियो ।

विहीबार काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेका पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–१ का ३५ वर्षीय प्रभु सोनारलाई मकवानपुर प्रहरीले अबैध सुनसहित पक्राउ गरेको हो ।

हेटौंडा–१५, रातोमाटेस्थित चेकपोष्टमा विहीबार विहान करिब ११ बजेको समयमा काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना.१ ज ७४९० नम्बरको सुमो चेक गर्दा प्रहरीले उक्त परिणाममा अबैध सुनसहित उनलाई प्रहरीले नियन्त्रण्मा लिएको हो ।

प्रहरीले उनको साथबाट ४८९ ग्राम ३७ मिलि ग्राम सुन बरामद गरेको थियो । सुनको बजार मूल्य करिब ४७ लाख ३६ हजार ७५९ रहेको र उनलाई थप अनुसन्धान र कारबाही गर्न प्रहरीले राजस्व अनुसन्धान कार्यालय बारास्थित पथलैया पठाएको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।