२०८१ बैशाख ३०, आईतबार    

गढी गाउँपालिकामा सबै औषधी पसल अवैध

२०७८ माघ ५, बुधबार १८:०० बजे

हेटौंडा/ मकवानपुर जिल्लामा अवैधरुपमा औषधी पसल सञ्चालन हुने क्रम अझै रोकिएको छैन ।

मकवानपुरगढी गाउँपालिकामा रहेको सवै औषधी पसल अवैधानिक रहेको खुल्नमा आएको छ । गढीमा रहेको ८ वटै वडाका दर्जनभन्दा बढी औषधी पसलहरुको स्थलगत अनुगमन गर्दा गाउँपालिकाका सबै वडामा अवैध औषधी पसल सञ्चालनमा रहेको पाइएको हो ।

सामान्यत: औषधि व्यवस्था विभाग वीरगञ्ज र सम्बन्धित पालिकामा स्वास्थ्य संस्था दर्ता गर्नुपर्ने प्रावधान भए पनि पालिकाको कुनै पनि निजी स्वास्थ्य संस्था दर्ता नगरी सञ्चालन गरेर कानुनको धज्जी उडाउँदा समेत गाउँपालिका मौन बनिरहेको छ ।

मकवानपुरगढी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धुब्र लामिछानेले अवैध सञ्चालित सबै औषधी पसललाई कारबाही गरिने बताए । ‘अवैधरुपमा दर्ता विनै औषधी पसल सञ्चालनमा छन् भन्ने जानकारी थिएन अब त्यस्ता औषधी पसललाई एक हप्ताभित्र कारबाही गर्छौ ।’

औषधि पसल सञ्चालकहरुले भने दर्ता विनै सञ्चालन गरेको स्वीकार गरेपनि अनुगमनको क्रममा बोल्न भने चाहँदैनन् । सञ्चारकर्मीले सोधिखोजी गर्ने वित्तिकै उनीहरु पसल बन्द गरेर हुने गरेका छन् ।