२०८१ बैशाख १७, सोमबार    

तरुण दलद्वारा डाक्टर कुटपिटको विरोध

२०८० भाद्र २९, शुक्रबार १७:३४ बजे

बुधवार हेटौडा–१ मा रहेको सञ्चो अस्पतालका डाक्टर  विकास थापा र प्रशान्त विडारी माथि भएको सांघातिक हमलाको विरोध गर्दै त्यस कार्यको नेपाल तरुण दल मकवानपुर जिल्ला कार्य समिति मकवानपुरले घोर भत्सर्ना गरेको छ ।

नेपाल तरुण दल मकवानपुरले शुक्रबार एक विज्ञप्ती जारी गर्दै घटना प्रति दुख व्यक्त गर्दै जनताको सुरक्षाको निमित्त खटिएका सुरक्षाकर्मीले नै उक्त घटनाको मुद्दा दर्ता गर्न नमानेको भन्ने कुरा विभिन्न सञ्चारमध्यमबाट जानकारी प्राप्त भएअनुसार यस घटनाको वास्तविक सत्य तथ्य छानविन गर्नुपर्ने तरुण दलले माग समेत गरिएको छ ।

विज्ञप्तीमा विरामी तथा आफन्तजन जसले आफ्नो परिवारको सदस्य गुमाएका छन्, उनीहरुको स्थानमा रहेर कल्पना गर्नु मात्र पनि निकै दर्दनाक विषय हो तर चिकित्सकहरुको गल्ती भएको वा हुनसक्ने आशंकालाई सम्बन्धित निकाय मार्फत् कानुनी रुपमा उपचार खोज्नुको सट्टा हातपातमा उर्तनु लगत भएको उल्लेख गरिएको छ । 

तरुण अध्यक्ष लिलाराज सापकोटा (सन्तोष) द्धारा जारी विज्ञप्तीमा सुरक्षा निकायले नै न्याय माग्न जाँदा उल्दै हप्काउने दप्काउने कार्यको नेपाल तरुण दल घोर भत्सना समेत गर्दछ भनिएको छ । तरुण दलले उक्त घटनाको सत्य तथ्य र निष्पक्ष छानबिनको जोडदार माग गर्दै दोषी उपर कानुनबमोजिम कारबाहीको माग गरेको छ ।