२०८१ बैशाख २१, शुक्रबार    

द्वन्द प्रभावित युवालाई चार दिने तालिम

२०८० जेठ ३२, बिहीबार १८:४७ बजे

द्वन्द प्रभावित युवाहरूलाई चार दिने उद्यमशिलता विकास तालिम प्रदान गरिएको छ ।

प्रदेश युवा परिषद वाग्मतीको आर्थिक सहयोग र जिल्ला युवा समिति सिन्धुलीको समन्वयमा, सामुदायिक विकास तथा सचेतता नेपाल र जनजाती समाज विकास कार्यक्रम सिन्धुलीको संयुक्त आयोजनामा हरिहरपुरगढी गाउँपालिकामा तालिम प्रदान गरिएको हो ।

सामुदायिक विकास तथा सचेतना नेपाल नेपालका सचिव अनन्तकुमार बानियाँको अध्यक्षता तथा हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवाको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको हो । कार्यक्रम जिल्ला युवा परिषद सिन्धुलीका अध्यक्ष हेम कार्की, हरिहरपुरगढी गाउपलिका वडा नम्बर ४ का वडा अध्यक्ष कमल राई, श्री माध्यमिक बिधालय महेन्द्रझाडीका प्रधानाध्यापक रेनुराज देवकोटा लगायत अथितीहरुको आतिथ्यता मा कार्यक्रम उद्घाटन कार्यक्रम सम्पन्न भयको थियो।

हरिहरपुरगढी गाउपलिकामा तरकारी र खाद्यान्न हेटौडा, लालबन्दीबाट निर्यात भैरहेकोले यहाँ तरकारी, खाद्यान्न लगायत माछा पालन, बंगुर पालन, भैसी पालन लगायतको उधमको सम्भावना रहेकोले युवाहरूलाई उद्यम सुरु गर्न हरिहरपुरगढीका अध्यक्ष बज्रध्वज वाइवाले अनुरोध गर्नुभएको छ । युवालाई गाउमा सम्भाना रहेको ब्यापार र ब्यवसायमा प्रोत्साहन गरेर विदेश पलाएन हुन बाट रोक्नका लागि उद्यमशिलता विकास तालिम उपयुक्त रहेको र यो तालिममा सहभागी युवाहरुलाई हरिहरपुरगढ़ि गाउपलिकाले उधम गर्न थप सहयोग गर्ने बताउनुभयो ।

सस्थाले मकवानपुर र सिन्धुलीमा गरि ६४ जना युवाहरुलाई उधमशिलता तालिममा संचालन गर्ने लक्ष्य रहेको सस्थाका सचिब अनन्त कुमार बानियाले बताए ।
तालिममा हरिहरपुरगढी गाउँपालिका र मरिण गाउँपालिकाका ४५ जना युवाहरु प्रशिक्षार्थीको रूपमा सहभागी भएका थिए ।