२०८१ बैशाख ११, मंगलबार    

वाग्मती प्रदेशस्तरीय नृत्यमा धादिङ प्रथम

२०७९ भाद्र १८, शनिबार १८:१० बजे

अन्तरजिल्ला वाग्मती प्रदेशस्तरीय नृत्य प्रतियोगितामा धादिङ जिल्ला प्रथम भएको छ ।

निजी तथा आवासायी विद्यालय अर्गनाइजेसन (प्याब्सन) वाग्मती प्रदेशको आयोजनामा भएको नृत्यमा धादिङको एडभान्स एकेडेमी प्रदेश च्याम्पियन भएको हो । प्रतियोगिताको विजेता धादिङ भदौ २५ गते पोखरामा हुने राष्ट्रिय प्रतियोगिताका लागि समेत छनौट भएको छ ।

प्रतियोगितामा थ्रीस्टार सेकेण्डरी स्कुल भक्तपुर द्वितीय, नारायणी विद्या मन्दिर चितवन तृतीय, भ्याली पब्लिक स्कुल ललितपुर चौथो र रिलायन्स इंग्लिस स्कुल मकवानपुर पाँचौ भएको छ ।

विजयी विद्यार्थीहरुलाई प्याब्सन प्रदेश अध्यक्ष केशवलाल श्रेष्ठ र मकवानपुर अध्यक्ष विनोद सुवेदीले पुरस्कार वितरण गरेका थिए ।