२०८१ बैशाख १३, बिहीबार    

हेटौंडामा एकैदिन आधा दर्जन पुरस्कार समर्पण गरिने

२०७९ पौष ६, बुधबार १७:२५ बजे

भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपालले यसै साता एकैदिन आधा दर्जन पुरस्कार समर्पण गर्ने भएको छ ।

प्रतिष्ठानले पुस ९ गते शनिबार हेटौंडामा विशेष समारोह आयोजना गरी समाजको विभिन्न क्षेत्रमा योगदानमा पुर्‍याएको साहित्यकार, कलाकार, स्वास्थ्यकर्मीलगायतलाई पुरस्कार प्रदान गरिने भएको हो । प्रतिष्ठानले मंगलबार हेटौंडामा पत्रकार सम्मेलन आयोजना गरी २० हजार नगद राशिको विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार रविन्द्र चेपाङलाई प्रदान गरिने जानकारी दिएको छ ।

प्रतिष्ठान अध्यक्ष ह्याग्रीव आचार्यका अनुसार १५ हजार नगद राशिको चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार बासुदेव गुरागाईं, १० हजार नगद राशिको तुलसीमाया शिवकुमारी सिर्जनशील नारी पुरस्कार भावना सापकोटा, मंगलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कार वेदा वैद्य तथा अजित सेन गुप्ता स्मृति भिन्न क्षमता पुरस्कार विदुर अधिकारीलाई प्रदान गरिने छ ।

७ हजार पाँचसय नगद राशीको भीम–मथुरा बाल प्रतिभा पुरस्कार सुविज्ञा सुवेदीलाई प्रदान गरिने प्रतिष्ठान महासचिव केशवलाल श्रेष्ठले जानकारी दिए ।