२०८१ बैशाख २८, शुक्रबार    

कांग्रेसबाट राजेश बानियाँ उपमेयरको उम्मेदवार

२०७९ बैशाख १२, सोमबार ११:०२ बजे

नेपाली कांग्रेसले हेटौंडाको उपमेयरमा राजेश बानियाँलाई अगाडि सारेको छ ।

नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय समितिको वैठकले बानियाँलाई उपमेयरको उम्मेदवारी बनाउने निर्णय गरेको हो । सत्तारुढ गठबन्धनले मेयरमा नेकपा एसका मीना लामालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । बानियाँ हेटौंडा–५ का वडा अध्यक्ष समेत हुन् । उनले अघिल्लो स्थानीय तहको निर्वाचनमा एमालेको आधार क्षेत्र मानिएको स्थानमा विजयी हात पार्दै मकवानपुरे राजनीतिमा पाइला चालेका थिए ।

उनी कांग्रेस क्षेत्रीय सभापति समेत हुन् । उनलाई हेटौंडामा लोकप्रिय नेताको रुपमा चिनिन्छ ।