२०८१ बैशाख ७, शुक्रबार    

अन्तरपालिकास्तरीय फुटबलको तयारी पूरा

२०७९ चैत्र २, बिहीबार १५:३२ बजे

मकवानपुरमा अन्तरपालिकास्तरीय फुटबलको तयारी पूरा भएको छ ।

जिल्लामा रहेका पालिकावीच सम्बन्ध जोड्ने उद्देश् सहित चैत ४ गतेबाट सुरु हुने प्रतियोगिताको तयारी पूरा भएको विहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । जिल्ला समन्वय समिति मकवानपुर प्रायोजन तथा जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगितामा जिल्लामा रहेको १० वटै पालिकाको सहभागिता रहने छ ।

समिति अध्यक्ष भेष खड्गीका अनुसार चैत ११ गतेसम्म प्रतियोगिता हेटौंडा–५ पिप्ले क्याम्पा रंगशालामा हुनेछ । उद्घाटन खेलमा गते कैलाश र भीमफेदी, चैत ५ गते हेटौंडा र बकैया, राक्सिराङ र थाहानगर, चैत ६ गढी र इन्द्रसरोवर भिड्नेछन् । यसैगरी चैत ४ गतेको बिजेतसँग मनहरीले र चैत ५ गते हुने राक्सिराङ र थाहावीचको बिजेतासँग बागमतीले खेल्ने छ ।

मनहरी र बागमतीले खेलतालिका अनुसार ‘बाइ’ पाएका छन् । प्रतियोगितामा बिजेताले नगद २ लाख र उपविजेताले नगद १ लाख रुपियाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन् ।

प्रतियोगिताका सर्वोत्कृष्ठ खेलाडीले नगद १० हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा करिब १० लाख रुपैयाँ खर्च अनुमान गरिएको छ । 

प्रतियोगिताको अघिल्लो संस्करण थाहा नगरपालिकाले जितेको थियो ।