२०८१ बैशाख ७, शुक्रबार    

माघ २९ गतेबाट मकवानपुर गोल्डकप

२०७९ माघ ९, सोमबार १८:११ बजे

पाँचौ संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०७९ माघ अन्तिम साताबाट सुरु हुने भएको छ ।

हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने प्रतियोगिता माघ २९ गतेबाट फागुन ११ गतेसम्म सञ्चालन हुने आयोजक मकवानपुर जिल्ला फुटबल संघले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रतियोगिताको यस संस्करणमा देशका चर्चितसहित १२ वटा फुटबल क्लवको सहभागिता रहनेछ ।

प्रतियोगिताको विजेताले १५ लाख र उपविजेता टिमले नगद १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई करिब ६ लाख रुपैया“ बराबरको बुलेट मोटरसाइकल प्रदान गरिनेछ ।

तेस्रो र चौथो संस्करणको सर्वोत्कृष्ट खेलाडीलाई हेटौंडा स्कुल अफ म्यानेजमेन्टको प्रायोजनमा बुलेट मोटरसाइकल प्रदान गरेको थियो । विधागत उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।