२०८३ असार १, सोमबार    

मृतक अकिलको परिवारलाई नगद सहयोग

२०८१ जेठ ३०, बुधबार १८:११ बजे

हृदयघातका कारण निधन भएका फुटबल रेफ्री अकिललाल श्रेष्ठको परिवारलाई आर्थिक सहयोग गरिएको छ ।

लामसुरे खेलकुद विकास समिति हेटौंडा–९, ले बुधबार मृतकको परिवारलाई नगद ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराएका हो । मकवानपुर जिल्ला रेफ्री संघ अध्यक्ष समेत रहेका मृतक श्रेष्ठ हेटौंडा–९ भेट्रान्स टिमको समेत खेलाडी थिए ।

उनको परिवारलाई वडा अध्यक्ष सुकराम केसी, जिल्ला समन्वय समिति सदस्य वीरेन्द्र लामा तथा खेलकुद विकास समिति अध्यक्ष विष्णु रानाले नगद हस्तान्तरण गरेका थिए ।