२०८१ बैशाख १७, सोमबार    

मतदाता भन्छन्, ‘यस पटकको भोट ‘आनन्द’ र ‘डिना’लाई

२०७९ कार्तिक २१, सोमबार १८:०१ बजे

मंसिर ४ गते हुने निर्वाचनको माहौल विस्तारै तातिँदो छ । उम्मेदवारहरु घरदैलोमा व्यस्त रहेका छन् । मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ मा लोकतान्त्रिक–बाम गठबन्धनका साझा युवा उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ र आनन्दराम पराजुली पनि दैनिक घरदैलोमा व्यस्त रहेका छन् ।

उनी हरेक दिन बिहान देखी साँझ अबेरसम्म हेटौंडाका विभिन्न वडाका मतदानसंग रहन्छन् । सोमबार पनि उपाध्याय र पराजुलीले हेटौंडा ४ र ७  का विभिन्न टोलमा पुगेर मतदाताहरुसंग छलफल र परामर्श गर्दै मत मागेका छन् । मत माग्ने क्रममा दुवैजनाले यस पटकको आफ्नो एजेन्डा विपक्षीले अधुरो छोडेको कामलाई पूरा गर्ने र मतदातासंगको प्रतिवद्धतालाई कुराले भन्दा काम गरेर पूरा गर्ने भएको बताएका छन् ।

घरदैलोमा डिनाले महिला सवालका विशेष र मकवानपुरको समग्र विकासको क्षेत्रमा आफ्नो संकल्प रहेको बताएकी छिन् । त्यसैगरी उपाध्याय र पराजुली घरदैलोमा पुग्दा मतदाता उत्साही हँुदै दुवैजनालाई मत दिने बताएका थिए । हेटौंडा–७ की कृष्णदेवी बर्तौलाले खुलेरै धेरै पटक कम्युनिष्टलाई भोट दिएर जिताएको तर फर्केर नआएको गुनासो गर्दै यस पटक संघमा डिनालाई र प्रदेशमा आनन्दरामलाई मतदान गर्ने सुनाइन् ।

उनले घरदैलोका क्रममा डिना र पराजुलीलाई चुनाव जितेर नहराउन, निरन्तर जनताको घरदैलोमा आउन र जनताको सुखदुःखमा साथै रहन अनुरोध गरिन् । हेटौंडा–४ का ९८ बर्षीय एक ज्येष्ठ नागरिकले यस पटक डिना र आनन्दरामलाई जिताउन अनुरोध गरे । मतदाताको उत्साहको कदर गर्दै पराजुलीले बोलेको कुरा पूरा गर्न पछि नहट्ने भन्दै मतदातालाई ढुक्क हुन भने ।

डिना पद्मकन्या क्याम्पसकी स्ववियु सभापति हुदै संविधानसभा सदस्य समेत रहेर संविधान जारी गर्न उल्लेख्य भुमिका निर्वाह गरेकी थिइन् । अघिल्लो स्थानीय निर्वाचनमा हेटौंडाको मेयर पदमा झिनो मतले पराजित पराजुली त्यसयता निरन्तर जनताको सुखदुःमा साथै रहेका छन्