२०८१ बैशाख १६, आईतबार    

रोट्रयाक्ट क्लबमा राजन पदस्थापित

२०८० श्रावण २१, आईतबार १६:१६ बजे

रोट्रयाक्ट क्लब अफ मकवानपुरको अध्यक्षमा राजन कटुवाल  पदस्थापित भएका  छन् । रोट्र्याक्ट क्लब अफ मकवानपुरको ८ औं पदस्थापना कार्यक्रमबाट  रोटा वर्ष २०२३/२४ का लागि अध्यक्षमा कटुवाल पदस्थापित  भएका हुन् ।

कटुवालको नेतृत्वमा उपाध्यक्षमा सृजना लामिछाने, सचिवमा मन्जिता मैनाली,  कोषाध्यक्षमा अलिशा न्यौपाने, मेम्बरशीप चेयरमा सुजन राई, क्लब एडमिनिस्ट्रेशनमा सुशील सुवेदी, प्रोफेशनल डेभलपमेन्ट चेयरमा मनोज राई, इन्टरनेशनल सर्भिस चेयरमा वेदप्रसाद गौतम, पब्लिक इमेज चेयरमा अमित कुमार सिंह, सर्भिस प्रोजेक्ट चेयरमा प्रबेश धिताल कुन्दन र सर्जेन्ट एट आर्म्समा रन्जिता विष्ट पदस्थापित भएका हुन् ।

क्लबको रोटा वर्ष २०२२/२३ का अध्यक्ष प्रदीप कुमार राइको सभाध्यक्षतामा भएको पदस्थापन कार्यक्रममा रोटरी क्लब अफ मकवानपुरका रोटा वर्ष २०२३/२४ का अध्यक्ष अन्जनी कुमार पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा  मनहरी गाउँपालिकाका ४ नम्बर वडा अध्यक्ष प्रकाश थापा, रोट्रयाक्ट क्लब अफ मकवानपुरका संस्थापक अध्यक्ष गणेश दर्पण अधिकारी,रोट्र्याक्ट डिस्टिक 3292 का डिस्टिक इन्टर्नेसनल रिलेसन चियर सन्दीप राज ओझा, डिस्टिक  रोटरी रोट्र्याक्ट रिलेसन चियर आयुस गुप्ता, रोट्र्याक्ट कल्ब अफ मकवानपुरका  पुर्व अध्यक्ष बिजय पौडेल, पुर्व अध्यक्ष प्रतीक्षा न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।