२०८१ बैशाख १६, आईतबार    

कांग्रेसले खटायो सुरक्षा परिचालनमा युवाहरु

२०७९ कार्तिक २४, बिहीबार १६:०७ बजे
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले आसन्न मंसिर ४ गतेको निर्वाचनमा मतदान स्थल, गठबन्धनका उमेदवारहको सुरक्षा र मतदातालाई भयरहित वातावरणमा ब्यवस्थित मतदान गर्नका लागि जितजंग बस्नेतको संयोजकत्वमा केन्द्रीयस्तरमा निर्वाचन समन्वय समिति गठन गरेको छ ।
 
समितिले जिल्लाजिल्लामा उपसंयोजकहरु तोकेर हरेक मतदान केन्द्रसम्म युवाहरु परिचालन गर्ने ध्येयअनुरुप मकवानपुर जिल्लामा निर्वाचन सुरक्षा समन्वय उपसमितिको उपसंयोजकमा नेका मकवानपुरका सचिव ईश्वर पाठकलाई जिम्मेवारी प्रदन गरेसंगै पाठकले उपसमितिलाई पुर्णता दिएका छन् । उपसमिति संयोजक पाठकले मकवानपुर जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं. १ को संयोजकमा योग्यराज सापकोटा (बिदुर), प्रतिनिधिसभा क्षेत्र नं. २ संयोजकमा रत्न गोले, प्रदेशसभा १ (क) संयोजकमा सन्तोष सापकोटा, प्रदेशसभा १ (ख) संयोजकमा सुनिल गिरी, प्रदेशसभा २ (क) संयोजकमा देव श्रेष्ठ र प्रदेशसभा १ (ख) संयोजकमा गुणराज स्याङतान् (पाठक) लाई संयोजक तोकेर जिम्मेवार प्रदान गरिएको जनाएका छन् ।
 
यसैगर समितिको थाहा नगरपालिकामा बिक्रम गोपाली हेटौंडा उमहानगरपालिकामा भुपेन्द्र अधिकारी, भीमफेदीमा जीतकुमार बल, बकैयामा, बद्री पाण्डे, मनहरीमा अशोक थिङ, बागमतीमा योगेश थोकर, कैलाशमा बिजय लोप्चन, ईन्द्रसरोबारमा शुकलाल थोकर, र मकवानपुरगढीमा विश्राज न्यौपाने र सञ्चार समन्वय संयोजकमा माधव न्यौपानेलाई जिम्मेवारी प्रदान गरिएको छ ।
 
मंगलबार कार्यक्रमका बिच संघ, प्रदेश र पालिकाकाका संयोजकहरुलाई जिम्मेवारी पत्र हस्तारन्तरण गर्दै उपसंयोजक पाठकले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा गठबन्धन दलका उमेदवारहरुको सुरक्षा र मतदातालाई सहज बातावरणमा मतदान गर्ने ब्यवस्था मिलाउने, गठबन्धनका उमेदवारलाई अत्याधिक मत परिणाम ल्याई बिजयी गराउने र गठबन्धनका दलहरुसंग समन्वय एवम् सहकार्य गरेर साझा उमेदवारहरुको पक्ष्ँमा अत्याधिक मत परिणाम ल्याई बिजयी गराउन संयोजकहरुलाई जिम्मेवारी प्रदान गरिएको बताए ।