२०८१ बैशाख ८, शनिबार    

बक्सिङमा शनिबार १६ वटा स्वर्ण पदकको छिनोफानो

२०७९ चैत्र ४, शनिबार १८:३४ बजे

अल नेपाल नोभिस बक्सिङ प्रतियोगितामा शनिबार १६ वटा स्वर्ण पदकको छिनोफानो भएको छ ।

प्रतियोगितामा पुरुषतर्फ ७५ केजी तौल समूहमा डीजी बक्सिङ क्लबका आयुन श्रेष्ठ, पुरुषतर्फ ७१ केजी तौल समूहमा निमा दोर्जे तामाङ, पुरुषतर्फ ५७ केजी तौल समूहमा बक्समाण्डुका आयुष थापा, ६० केजी तौल समूहमा डीजीबक्सका सौरभ राई, ६३.५ केजी तौल समूहमा मकवानपुरका सोहन राईले स्वर्ण पदक जितेका छन् । पुरुषतर्फ ६७ केजी तौल समूहमा आभाष बिक्रम शाहले स्वर्ण पदक जितेका छन् ।

हेटौंडा–४, पारिजातपथस्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको फाइनल खेलमा विजयीहुँदै ५२ केजी तौल समूहमा भक्तपुरकी भावना भण्डारी, ५० केजी तौल समूहमा रेस बक्सिङ क्लबकी युजेन शर्मा, ४८ केजी तौल समूहमा अछामकी निर्मला ऐडीले स्वर्ण जितेका छन् ।

पुरुषतर्फ ४८ केजी तौल समूहमा अल्फा बक्सिङ क्लबका विशेष बुढा मगर, ५१ केजी तौल समूहमा बक्समाण्डुका प्रवल उप्रेती र ५४ केजी तौल समूहमा दाङमा विवेक देवकोटाले स्वर्ण पदक जितेका छन् ।

महिलातर्फ ५४ केजी तौल समूहमा बक्समाण्डुकी आंगी शेर्पा, ५७ केजी तौल समूहमा बक्समाण्डुकै प्रिती श्रेष्ठ, ६० केजी तौल समूहमा भूमि बक्सिङ क्लबकी बबिता गोदार क्षेत्री र ६६ केजी तौल समूहमा रेजकी सहिस्ना बिष्टले स्वर्ण पदक जितेका छन् ।