२०८३ असार ३, बुधबार    

मेयर कपको उद्घाटन खेलमा ४ र ११ भिड्ने

२०८२ जेठ २, बिहीबार १८:१० बजे

यही ३ गते शनिबारबाट हुन लागेको हेटौंडा मेयर कप वडास्तरीय फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

बिहीबार सबै वडाका प्रतिनिधि तथा सञ्चारकर्मीको उपस्थितीमा खेल तालिका बनाएर सार्वजनिक गरिएको हो । यो पटक मेयर कपको उद्घाटनमा साविक विजेता ४ नम्बर वडाले हेटौंडा ११ सँग खेल्ने भएको छ । प्रतियोगितामा हेटौंडाको १९ वटै वडाको सहभागिता रहेको छ ।

१३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा उद्घाटन र फाइनल बाहेक प्रत्येक दिन २ वटा खेल हुनेछ । फुटबल खेलको विकासमा सहयोग पु¥याउने उद्देश्यसहित हेटौंडा उपमहानगरपालिकाको लगानीमा नगर खेलकुद विकास समितिले प्रत्येक वर्ष यस प्रतियोगिताको आयोजना गर्दै आएको हो ।