२०८१ बैशाख २७, बिहीबार    

टेलिकमले २० प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस शेयर दिने

२०७८ चैत्र १, मंगलबार १३:१७ बजे

सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आफ्ना शेयरधनीहरूलाई २० प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ ।

आउँदो चैत २४ मा हुने कम्पनीको १४औं साधारण सभामार्फत यो प्रस्ताव पारित गर्ने तयारी भएकाे हाे । साधारण सभामा कम्पनी ऐन, २०६३ को दफा १८२ को उपदफा (२) बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृत भएपश्चात आ.व. २०७७/७८ को कम्पनीको मुनाफा रकम मध्येबाट शेयरधनीहरूलाई प्रति शेयर २० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने बताइएको छ ।
त्यसैगरी आ.व. २०७७/७८ को मुनाफा रकम मध्येबाट कम्पनीका शेयरधनीहरूलाई प्रति १०० कित्ता बराबर २० कित्ताको अनुपातमा बोनस शेयर जारी गर्ने प्रस्ताव पनि गरिएको छ ।