२०८१ बैशाख १५, शनिबार    

नर्सिङ संघ मकवानपुरमा दाहालको नेतृत्व

२०७९ माघ १६, सोमबार १९:४२ बजे

नर्सिङ संघ मकवानपुरको अध्यक्षमा गंगा दाहाल निर्वाचित भएकी छन् । सोमवार भएको तेश्रो अधिवेशनले दाहालको नेतृत्वमा १५ सदस्यीय जिल्ला समिती चयन गरेको हो ।

समितिको उपाध्यक्षमा निर्मला भ्लोन, सचिब अमृता श्रेष्ठ, सहसचिव सुवणा कार्की र कोषाध्यक्षमा सानीकान्छी मोक्तान सर्वसम्मत चयन भएको निर्वाचन मण्डलका उत्सब चौलागार्इंले बताए ।

संघको सदस्यहरुमा अम्विका पण्डित, प्रतिमा शाक्य, देवकी खतिवडा, लक्ष्मी भुषाल, सुशीला श्रेष्ठ, सबिता पौडेल, शुष्मा तिवारी, मुना थापा, कृतिका आचार्यलगायत रहेका छन् ।

भेलाको उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीना कुमारी लामाले स्वास्थ्य क्षेत्रको बिकासका लागि उपमहानगरपालिका लागिरहेको बताइन् ।

संघका अध्यक्ष कुन्ता दाहालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल नर्सिड्ड संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष रमेश सुव्वा, मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका डिन दुर्गा खड्का, हेटौंडा अस्पताल सञ्चालक समितिका सदस्य उत्सब चौलागार्इं, हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागार्इंलगायतको आतिथ्यता रहेको थियो ।