२०८१ बैशाख १४, शुक्रबार    

गाँजा र डिब्बा ट्रकसहित १ जना प्रहरी नियन्त्रणमा

२०७९ चैत्र १०, शुक्रबार १६:२५ बजे

जिल्ला प्रहरी कार्यालय मकवानपुरले अबैध लागूऔषध गाँजा ढुवानी गर्दै गरेको ट्रकसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलाश गाउँपालिका–९, नामटार बस्ने ३० वर्षीय शुबचन्द्र भोम्जन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

विहीबार मध्यरातमा हेटौंडा–१५, रातोमाटे चेकपोष्ट नजिक पूर्वपश्चिम सडक खण्डमा चितवनबाट पूर्वराजबिराज तर्फ जाँदै गरेको ना. ६ ख ३०२१ नम्बारको डिब्बा ट्रकलाई सुरक्षा जाँच गर्दा लागूऔषध गाँजा फेला परेको हो ।

ट्रकको पछाडिको भागमा लुकाई–छिपाई ल्याएको ६ भारीमध्ये एक भारीमा दुई पोका लागूऔषध गाँजा १ सय ४४ किलो फेला पारि नियन्त्रण्मा लिएको प्रहरीेले जानकारी दिएको छ । लागूऔषध गाँजा, ट्रकसहित भोम्जनलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।