२०८१ बैशाख ७, शुक्रबार    

उप्रेतीको अध्यक्षतामा हेटौंडा भेट्रान्स

२०७९ मंसिर १८, आईतबार १५:२९ बजे

हेटौंडा भेट्रान्स क्लबको अध्यक्षमा रमेश उप्रेती सर्वसम्मत चयन भएका छन् । शनिबार हेटौंडा–५ स्थित पिप्लेमा भएको क्लबको आठौं वार्षिक साधारण सभाबाट अध्यक्षमा उप्रेती चयन भएका छन् ।

उप्रेतीको अध्यक्षतामा गठित १३ सदस्यीय कार्यसमितिको प्रथम उपाध्यक्षमा नवराज बज्राचार्य र द्वितीय उपाध्यक्षमा ज्ञान बहादुर क्षेत्री, सचिवमा कविन सांगामी, सह–सचिवमा अतुल शर्मा र कोषाध्यक्षमा सरोज राजथला चयन भएका छन् । सदस्यहरुमा अनुप लामा, प्रशान्त पाख्रिन, राजकुमार श्रेष्ठ, ‘ए’, राजकुमार श्रेष्ठ ‘बी’, अजय मानन्धर, मणिराज गौतम र सञ्जय थापा चयन भएका छन् ।

क्लबका अध्यक्ष दीपक बज्राचार्यको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हेटौंडा–५ का वडाध्यक्ष सुशील घिमिरे, ६ नम्बर वडाध्यक्ष विष्णु बहादुर दाहाल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्की र जिल्ला फुटबल संघका उपाध्यक्ष युवराज लामा लगायतको आतिथ्य रहेको थियो ।