२०८० चैत्र १५, बिहीबार    

अर्जेन्टिनी गोलरक्षकलाई गोल्डेन ग्लोभ अवार्ड

२०७९ पौष ४, सोमबार ०२:२३ बजे

अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले फिफा विश्वकप कतार २०२२ मा गोल्डेन ग्लोभ अवार्ड जितेका छन् ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षकलाई प्रदान गरिने अवार्ड मार्टिनेजले पहिलो विश्वकप सहभागितामै जित्न सफल भए । अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउन निर्णायक भूमिका निर्वाह गरेका उनले सबै खेलमा पूरा समय मैदानमा बिताएका थिए ।

मार्टिनेजले विश्वकपको ७ खेलमा ३ क्लिनसिट राखेका थिए । यसबाहेक उनले क्वाटरफाइनलमा नेदरल्यान्ड्स र फाइनलमा फ्रान्सविरुद्ध टाइब्रेकरमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरे । विशेषगरी अष्ट्रेलियाविरुद्ध इन्ज्युरी समयमा र फ्रान्सविरुद्ध अतिरिक्त समयको इन्ज्युरी समयमा उनले गरेको बचाउले खेलको नतिजा अर्जेन्टिनाको पक्षमा बसेको थियो ।

मार्टिनेजले यसअघि अर्जेन्टिनाले कोपा अमेरिका जित्दा पनि उत्कृष्ट गोलरक्षकको उपाधि जितेका थिए । ३० वर्षीय उनी प्रिमियर लिग क्लब एस्टन भिल्लाबाट खेल्दै आएका छन् ।