२०८१ जेठ ४, शुक्रबार    

मन्त्री मोक्तान बनिन् माओवादी मकवानपुर इञ्चार्ज

२०७८ फाल्गुन २५, बुधबार १५:३२ बजे

हेटौंडा/बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तान नेकपा माओवादी केन्द्र मकवानपुरको इञ्चार्ज चयन भएकी छन् ।

बुधबार बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकले मोक्तानलाई मकवानपुरको इञ्चार्ज चयन गरेको हो । केन्द्रीय कमिटीको बैठकले मकवानपुरसँगै बागमती प्रदेशका १३ वटै जिल्लामा इञ्चार्ज तोकेको छ ।

माओवादी केन्द्रीय सदस्यसमेत रहेकी मोक्तान यसअघि पनि मकवानपुर इञ्चार्ज थिइन् । काठमाडौंमा सम्पन्न आठौं महाधिवेशनले माओवादी केन्द्रको जिल्ला कमिटीलाई समन्वय समितिको रुपमा रहने प्रावधान बनाएको छ ।