२०८१ बैशाख १७, सोमबार    

मकवानपुरका एसपी भन्छन् : बढी भाडा लिने र विचौलियालाई कडा कारबाही गर्छु

२०८० आश्विन २१, आईतबार १७:४६ बजे

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक सीताराम रिजालले चाडपर्वको समयमा यात्रुसँग बढी भाडा असुल गर्ने र विचौलियालाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

आइतबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना लागू गरिसकेको बताउँदै राज्यले तोकेकोभन्दा बढी भाडा लिने र कालोबजारी गर्नेलाई हदैसम्मको कारबाही गर्ने बताएका छन् ।

उनले रुट परमिटका कारण धेरै सवारी चाडपर्वको समयमा हुने गरेको जानकारीमा आएकाले त्यसलाई कसरी ‘कन्ट्रोल’ गर्ने भन्ने विषयमा योजना बनाइने बताए ।
‘काठमाडौं र ललितपुरको प्रहरीसँग समन्वय गरेर हामी सवारी दुर्घटना न्यूनीकरण र बढी भाडा लिने प्रवृत्ति बन्द गर्नेछौं ।’, उनले भने ।

चाडपर्वको समयमा हुने भीडलाई नियन्त्रण गर्दै यात्रुलाई सुरक्षितरुपमा आउजाउ गर्ने व्यवस्था मिलाइने रिजालको दावी छ ।