२०८१ बैशाख १४, शुक्रबार    

हेटौंडामा मृगौला प्रत्यारोपण सेवा सञ्चालनमा आउने

२०७९ मंसिर २०, मंगलबार १८:४१ बजे

हेटौंडा अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सञ्चालनमा आउने भएको छ ।

मृगौलाका विरामीको लागि प्रत्यारोपण सेवा र डाइलासिस सेवा विस्तारका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र हेटौंडा अस्पतालको बीचमा सम्झौता भएको हो । मृगौला प्रत्यारोपण र डायलासिस सेवा विस्तारका लागि मंगलबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो । वाग्मती प्रदेश सरकारको सहयोगमा मृगौला प्रत्यारोपण गर्नका लागि सम्झौता भएको हो । वाग्गमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, स्वास्थ्य मन्त्री निमा लामालगायतको उपस्थितिमा सम्झौता भएको हो । सम्झौता भएसँगै मृगौला प्रत्यारोपण र डाइलासिस सेवा विस्तारको काम तत्काल अघि बढाइने भएको छ ।

सम्झौता अनुसार यसै आर्थिक वर्षभित्र हेटौंडा अस्पतालमा मृगौला प्रत्यारोपण केन्द्र स्थापना हुनेछ ।