२०८१ बैशाख २१, शुक्रबार    

विद्यार्थी र शिक्षकलाई सर्पदंशबारे सचेतना

२०७८ चैत्र २०, आईतबार १७:४५ बजे

हेटौंडा–६ स्थित बालजागृति युवा वर्ष माविका विद्यार्थी र शिक्षकलाई सर्पदंशबारे जानकारी गराइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा आइतबार शिक्षक र कक्षा ९ का विद्यार्थीलाई सर्पदंससम्बन्धि एकदिने अभिमुखीकरण कार्यक्रम सञ्चालक गरिएको हो ।

स्वास्थ कार्यालयका प्रमुख भीमसागर गुरागार्इं , डा. शक्ति चौरसियालगायतले सर्पदंशको विषयमा जानकारी गराएका थिए । उनीहरुले सर्पदंश भएको खण्डमा गर्न सकिने प्राथमिक उपचारको विषयमा जानकारी गराएका थिए । प्रशिक्षकहरुले सर्पदंश भएको खण्डमा जतिसक्दो छिट्टो स्वास्थ्य चौकी जान जरुरी रहेको समेत औंल्याएका थिए । विद्यालयकी प्रधानाध्यापक अधिकारीको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।

विशेष गरी गर्मीको समयमा तराईका जिल्लाहरुमा सर्पदंश हुने गरेको छ । वर्षेनी सर्पदंशका कारण तराई जिल्लामा धेरैले ज्यान समेत गुमाउने गरेका छन् ।