२०८१ बैशाख १५, शनिबार    

हेटौंडामा पहिलो पटक खुल्ला पेनाल्टी सुट–आउट फुटबल प्रतियोगिता

२०७९ आश्विन २, आईतबार १०:०६ बजे

 

 

विजया दशमी तथा शुभ दीपावलीको अवसरमा नेपाल खेलकुद महासंघ समाजवादीको आयोजनामा असोज १० गते खुल्ला पेनाल्टी सुट–आउट फुटबल प्रतियोगिता हुने भएको हो । विश्वमा सबैभन्दा बढी रुचाइएको खेल नै फुटबल रहेको र त्यसमा पनि पेनाल्टी सुट आउटले थप खेल रोमान्चित बनाउने भएकोले खेलमा मनोरञ्जनको साथसाथै आपसी भाईचारा र सद्भाव स्थापित होस भन्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ ।

यस्तै निर्धारित खेलको ९० मिनेटको अलवा थप मिनेटमा पनि खेल बराबरी भएको अवस्थामा हुने ट्राईब्रेकरमा  उत्कृष्ट खेल प्रदशन गर्दै आएका खेलाडीहरु पनि गोल गर्न चुक्ने हुँदा पेनाल्टी सुट आउटलाई पनि महत्त्व दिनु पर्छ भन्ने अभिप्रायले मकवानपुरमा पहिलो पटक यस्तो प्रतियोगिता गर्न लागेको महासंघका केन्द्रीय सदस्य निरज सिह ठकुरीले बताए ।

 

हेटौंडामा पहिलो पटक हुन लागेको पेनाल्टी सुट–आउट फुटबल प्रतियोगितामा जिल्ला र जिल्ला बाहिरका गरि २५ टिमको सहभागीता रहने महासंघका  ठकुरीले बताए । एक समुहमा ६ जना रहने खेलको विजेताले ३३ हजार ३ सय ३३ रुपैँया र दोस्रो हुनेले २२ हजार २ सय २२ रुपैँया नगद पुरस्कार पाउने ठकुरीले जानकारी दिए ।

 

खेल आयोजना गर्न करिब १ लाख खर्च अनुमान गरेको आयोजकले टिम दर्ता शुल्क भने ३ हजार ३ सय ३३ रुपैयाँ तोकेको छ । महासंघले पहिलो पटक आयोजना गर्न लागेको पेनाल्टी सुट–आउट प्रतियोगितालाई हरेक आगामी वर्ष पनि निरन्तरता दिने जनाएको छ  ।