२०८१ बैशाख १५, शनिबार    

सरुन बने मिस्टर मकवानपुर

२०८० आश्विन १४, आईतबार १८:३६ बजे

तेस्रो मिस्टर मकवानपुरको उपाधि सरुन परियारले चुमेका छन् । ७० केजी तौल समूहका विजेता रहेका परियार तेस्रो मिस्टर मकवानपुरको विजेता बन्न सफल भएका छन् ।

उनी विजेता भए सँगै एक लाख नगद मेडल र ट्रफि प्राप्त गरेका छन् । उनलाई हेटौंडा उपमहानगरका नगर प्रमुख मीना कुमारी लामाले पुरस्कारहरु प्रदान गरेकी थिइन् । नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ मकवानपुरको आयोजनामा भएको प्रतियोगिताको फस्ट रनअप राज शाही घोषित भए । उनी ७५ केजी तौल समूहका विजेता थिए । उनले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गरेका छन् । प्रतियोगिताका सेकेण्ड रनरअप शैलेन्द्रकुमार साह भएका छन् । उनी ६० केजी तौल समूहका विजेता थिए । उनले नगद ३० हजार, मेडल र ट्रफि प्राप्त गरेका छन् ।

मिस्टर मकवानपुर विधामा ५५,६०,६५,७०,७५ केजी तौल समूहमा प्रतिस्पर्धा भएको थियो । ५५ केजी समूहमा युवराज छत्कुली विजेता बनेका थिए भने ६० केजी तौल समूहमा शैलेन्द्र कुमार साह, ६५ केजी समूहमा इन्द्रकुमार अधिकारी, ७० केजी समूहमा सरुन परियार र ७५ केजी तौल समूहमा राज शाही विजेता बनेका थिए । उनीहरुले जनही १० हजार नगद सहित ट्रफि प्राप्त गरेका थिए ।

वेष्ट फिजिक्स वुमन च्याम्पियनसीपमा अरिमा थिङ विजेता बनेकी थिइन् । उनले २० हजार नगद मेडल प्राप्त गरेकी छिन् । द्वितीय स्थान शान्तामाया स्याङ्तान, तृतीय स्थान जुनी पुलामी मगर र चौथो स्थानमा कल्पना कुमारी दर्लामीमगर भएकी थिइन् ।

मिस्टर मकवानपुर भेट्रान्सतर्फ विमल लामा प्रथम, द्धितीय बुद्ध लामा र तृतीय स्थान भुवन बहादुर तामाङ र चौथो स्थानमा विकास बानियाा भएका थिए । प्रतियोगितामा खेलाडी बढी प्रस्तुत गर्ने उत्कृष्ट तथा अनुशासित क्लव भनेर वेस्ट क्लब कलिउड सुपर डान्स एण्ड फिटनेस प्रालिलाई घोषणा गर्दै २५ हजार नगद सहित सम्मान गरिएको थियो ।