२०८१ बैशाख १५, शनिबार    

एनआरटीद्वारा शेर्पा पराजित

२०८० माघ १७, बुधबार १८:४२ बजे

 

हेटौंडामा जारी छैठौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा न्यूरोड टिम (एनआरटी) ले विजयी सुरुवात गरेको छ ।

साविकको उपविजेता हिमालयन शेर्पामाथि ३–० गोलअन्तरको जीत निकाल्दै एनआरटीले दोस्रो चरणमा स्थान पक्का गरेको हो । विजयी टोलीका लागि सरोज तामाङ, रोहन खड्गी र सुमित श्रेष्ठले एक/एक गोल गरेका थिए ।

खेलमा एनआरटीका सरोज तामाङ म्यान अफ दी म्याच घोषित भए । उनले नगद दशहजार रुपैयाँ प्राप्त गरे ।

 

जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा सञ्चालित प्रतियोगिताअन्तर्गत् विहीबार सशस्त्र प्रहरीको एपीएफ र मच्छिन्द्र क्लबवीच प्रतिस्पर्धा हुनेछ ।