२०८१ बैशाख १६, आईतबार    

उमेशले जिते हेटौंडा रनको उपाधि

२०८० बैशाख ३, आईतबार ११:५१ बजे

हेटौंडा रन उपाधि हेटौंडा–१४, बनेलधापका उमेश गोङ्बाले जितेका छन् ।

नयाँ वर्षको सन्दर्भ पारेर हेटौंडा उपमहानगरपालिकाद्वारा आयोजित दौडमा प्रतियोगितामा निर्धारित ५ किलोमिटरको दुरी २० मिनेट ४ सेकेन्डमा पूरा गर्दै गोङ्बा च्याम्पियन भएका हुन् । गोङ्बाले उपाधिसँगै नगद ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । १९ मिनेट ५५ सेकेन्डमा निर्धारित दूरि पार गरेका सोमप्रसाद न्यौपाने मकवानपुर जिल्ला बाहिरको भन्ने पुष्टि भएपछि दोस्रो स्थानमा रहेका गोङ्बा स्वतः प्रथम घोषित भएका हुन् ।

२० मिनेट १० सेकेन्डमा दुरी पार गरेका सञ्जिब मिजार द्वितीयहुँदा २० मिनेट १८ सेकेन्डमा दूरी पार गरेका सनिस लामा तृतीय भए । द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार रुपैयाँ र २० हजार रुपैयाा प्राप्त गरेका छन् ।

सान्त्वना भएका सुमन आले मगर र निशान श्रेष्ठलाई १०–१० हजार रुपैयाँ प्राप्त गरे । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले पुरस्कार वितरण गरेका थिए । हेटौंडाको बुद्धचोकबाट सुरु भएको दौड कान्तिराजपथको सानोपोखरा, पिप्ले हुादै पुनः बुद्धचोकमा आएर समापन भएको थियो । प्रतियोगितामा ५६ जनाको सहभागिता रहेको थियो ।