२०८२ मंसिर ३, मंगलबार    

कमल थापाको विरोधमा एमाले कार्यालयमा तालाबन्दी

२०७९ आश्विन २३, आईतबार ११:३५ बजे

राप्रपा नेपालका अध्यक्ष कमल थापालाई समर्थन गरेको विरोधमा नेकपा एमालेका रुष्ट कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।

थापालाई समर्थन गरेको विरोधमा पार्टीको जिल्लास्थित नेतृत्व मौन बसेकोभन्दै रुष्ट भएका कार्यकर्ताले हेटौंडा–५ स्थित सानोपोखरामा रहेको कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरुले पार्टी कार्यालयमा धर्ना समेत दिइरहेका छन् । रुष्ट कार्यकर्ताले थापालाई सहयोग गर्न केन्द्रीयता हावी भएको र पार्टी कार्यकर्तामाथि अन्याय गरेको आरोप नेतृत्वमाथि लगाएका छन् ।

थापाले मकवानपुर क्षेत्र नम्बर–१ बाट एमालेको चुनाव चिन्हबाट उम्मेदवार बन्दैछन् । थापा यसअघिको निर्वाचनमा यसै क्षेत्रबाट एमालेका कृष्ण दाहालसँग पराजित भएका थिए । मकवानपुरे राजनीतिमा थापा र एमालेवीच लामो समयदेखि प्रतिस्पर्धाहुँदै आएको छ । जसको कारणले गर्दा एमालेका जिल्लास्थित पदाधिकारी तथा कार्यकर्ता थापालाई खुलेर सहयोग गर्ने पक्षमा देखिँदैनन् ।