२०८१ बैशाख २७, बिहीबार    

‘मुख्यमन्त्री पाण्डे, डोरमणि पौडेलसँग प्रतिस्पर्धा गर्न डराए’

२०७८ फाल्गुन ३०, सोमबार १४:२५ बजे

हेटौंडा/ नेकपा एमालेका प्रदेशसभा सदस्य केशवराज पाण्डेले वाग्मती प्रदेशका वर्तमान मुख्यमन्त्री राजेन्द्र पाण्डे पूर्वमुख्यमन्त्री डोरमणि पौडेलसँग प्रतिस्पर्धा गर्न डराएको आरोप लगाएका छन् ।
उनले पूर्वमुख्यमन्त्रीले पौडेलले ल्याएको बजेट कार्यान्वयन गर्नबाट पाण्डे पछाडि हटेको आरोप उनले लगाएका हुन् । ‘हामीले ल्याएको सुरुङ मार्ग र विद्युती बस सञ्चालनको योजना जायज थियो । छ पनि । मुख्यमन्त्री बन्नकै लागि अन्यत्र धाउने अनि हाम्रो योजना कटौती गर्ने ?’, पूर्वमन्त्री समेत रहेका पाण्डेले वर्तमान सरकारलाई विद्युतीय बस सञ्चालन गर्ने व्यवस्था मिलाउन आग्रह गरे ।
उनले प्रदेश संरचना बनाउन संघीय सरकारलाई अझै पत्र लेख्न सुझाए ।