२०८१ बैशाख १५, शनिबार    

चोरीको गहना खरिद गर्दा पूर्ण शाक्यबाट एकजना पक्राउ

२०८० श्रावण १९, शुक्रबार १२:४६ बजे

मकवानपुर प्रहरीले चोरीको सुन खरिद गरेको आरोपमा हेटौंडा–२ पूर्ण शाक्य एण्ड सन्सबाट एकजना पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चोरीको सुन, चाँदीको गहना खरिद गरेको आरोपमा कान्तिराजपथस्थित पूर्ण शाक्य एण्ड सन्सका प्रतीक शाक्यलाई पक्राउ गरिएको हो । उनले हेटौंडा–१७, चुनडाँडास्थित प्रमिला कार्कीको घरबाट चोरी भएको सुन र चाँदीको गहना खरिद गरेको प्रहरीले जनाएको छ ।

कार्कीको घरबाट हेटौंडा–६ स्थित चुच्चेखोलाका ३४ वर्षीय दिनेश नेपालीले सुन तथा चाँदीको गहना चोरी गरेका थिए । चोरी गरेको गहना पूर्ण शाक्यमा ल्याएर उनले विक्री गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखाएको छ ।

दिनेशले सुनको तिलहरी, जुली दुई थान, चाँदीको बाला, औंठी, लकेट विक्री गरेको देखिएको छ । उनले शाक्यले विल विनाकै गहना खरिद गरेको देखिएपछि प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुविरुद्ध चोरीको आरोपमा मुद्धा लगाएको छ ।