२०८१ बैशाख १५, शनिबार    

मनहरी खोला किनारमा नवजात शिशु मृत फेला

२०८० चैत्र १३, मंगलबार १७:४३ बजे

मकवानपुर मनहरी गाउँपालिका ७ रमौली बांगेटोलस्थित मनहरी खोला किनारमा नवजात शिशु मृत अवस्थामा फेला परेका छन् । मनहरी खोलाको किनारमा मंगलबार अन्दाजी ३ दिने सालनालसहितको नवजात (छोरा) शिशु मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

अनुसन्धान कार्य भइरहेको र शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएको छ ।

'नवजात शिशु कसले फालेको हो अहिलेसम्म पत्ता लगाउन सकिएको छैन, खोजी कार्य जारी छ,' प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले भने ।

२ महिनाको बीचमा मकवानपुरमा तीन नवजात शिशु फालिएको अवस्थामा फेला परेको छ । २ नवजात शिशु मृत अवस्थामा फेला परेको थियो भने एउटा जीवित अवस्थामा फेला परेको थियो । नवजात शिशु जन्माएर फाल्ने आमा प्रहरीले पत्ता लगाउन सकेको छैन ।