२०८१ बैशाख ८, शनिबार    

फेरी बढ्यौ सुनको मूल्य

२०७९ श्रावण ८, आईतबार ११:३७ बजे

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज (आइतबार) सुनको मूल्य बढेको जानकारी दिएको छ । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो । यस्तै, सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेको छ ।

 

यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य ९४ हजार रुपैयाँ छ । गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ थियो । गत बिहीबार तोलामा ९३ हजार रुपैयाँ रहेको सुनको मूल्य शुक्रबार ९४ हजार रुपैयाँ पुगेको थियो ।

एकैदिन एक हजारले बढेको सुनको मूल्य पुनः ५०० रुपैयाँले बढेको हो । यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ । यसका साथै आज चाँदीको मूल्य १० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार शुक्रबार ११ सय ६५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ११ सय ५५ रुपैयाँ कायम भएको छ ।