२०८१ बैशाख २०, बिहीबार    

कांग्रेस मकवानपुर उपसभापतिमा ९ जनाको दावी

२०७८ फाल्गुन ३, मंगलबार १७:२१ बजे

हेटौंडा/ नेपाली कांग्रेस मकवानपुरको अधिवेशन नजिकिएसँगै उम्मेदवारी घोषणा गर्नेको लहर चल्न थालेको छ । फागुन १३ गते हुने कांग्रेसको १४ औं अधिवेशनमा नयाँ नेतृत्वका लागि सभापतिमा करिब ४ जनाले दावी गरिरहँदा उपसभापतिमा आधा दर्जनभन्दा बढीले आकांक्षा व्यक्त गरिरहेका छन् ।

कांग्रेस विधान अनुसार उपसभापति पद कार्यकारी नभएपनि दावेदारी भने करिब ९ जनाले गरेका छन् । कांग्रेस विधान अनुसार सभापतिमा दुईजना हुने व्यवस्था रहेको छ । कांग्रेस हालका सचिव आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सहसचिव रामबाबु बानियाँ, प्रवक्ता प्रदीप कोइराला, जिल्ला सदस्य रमेश गिरी, क्षेत्रीय सभापति तारानाथ चौलागाईं, पार्टी पूर्वउपसभापति भीम लामा, पूर्वसहसचिव विष्णुराम प्रजा र पूर्वक्षेत्रीय सभापति धर्म लामिछानेले दावी गरिरहेका छन् ।

हालसम्म उपसभापति पदमा दावेदारी प्रस्तुत गरेकाहरु कुन समूहबाट उम्मेदवार बन्ने भनेर अझै टुंगिएको छैन । सभापतिको उम्मेदवार नै टुंगो नलागेका कारण उपसभापतिहरु आफ्नो गुट क्लिएर नगरी मौन बसिरहेको बुझिएको छ ।