जनता समाजवादी (जसपा) नेपाल जिल्ला कार्यसमिति मकवानपुर गठन भएको छ ।
बुधबार हेटौंडामा भएको पार्टीको जिल्ला भेलाबाट सोमबहादुर घलानको अध्यक्षतामा नया“ कार्यसमिति पुनर्गठन गरिएको हो । भेलाले घलानसहित २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरिएको हो ।
समितिमा उपाध्यक्ष योगबहादुर ब्लोन, दीपक सिन्तान, देवराज स्याङ्तन, सचिवमा सुबोध घलान, सह–सचिवहरुमा पर्वत स्याङ्बो, ग्रबे्रल च्योबाङ र कोषाध्यक्षमा रीता सार्की छन् । समिति सदस्यहरुमा वीरेन्द्र गोले, सन्त लोप्चन, मानबहादुर माझी, सुजन तामाङ, हर्क प्रजा, जेम्स प्रजा, राजकुमार घिमिरे, जीतानसिं वाइबा, सीता तामाङ, रञ्जु गोम्जा, राधिका सिन्तान र जुरेबहादुर घिसिङ रहेका छन् ।